झापाको पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला
झापा । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले सुवासले लेखेको सुसाइड नोटसमेत फेला परेको जानकारी दिए । श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको कुरा सुवासले त्यहाँ उल्लेख गरेको बताइएको छ ।
दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेका थिए । सुवासका दाजुलगायतले राति ११ बजे घरमा उनीहरुको झगडा मिलाएका थिए ।त्यसपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए । लिम्बू दम्पत्तिका तीनजना नाबालक छोराछोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण