जातीय विभेद कसुरमा पोखराका वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद गरेको कसुरमा कैद सजाय सुनाइएको छ ।
कास्की जिल्ला अदालतले उनलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तथा १० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको हो ।
उनीविरुद्ध आफ्नै वडाका दलित महिला सदस्य मैया नेपालीले जातीय छुवाछुत गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश अवनी मैनालीको एकल इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।
अघिल्लो वर्ष पुसमा सार्वजनिक कार्यक्रममै वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेद गरेको भन्दै नेपालीले मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस २४ गते जाहेरी दर्ता भएकोमा पुस २६ गते प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । उनलाई माघ ९ गते डेढ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।
अधिवक्ता शिव सुनारले भने, ‘वडाध्यक्षले जातीय विभेद गरेको हुनाले अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको अभियोग दाबी गरिएको थियो, सोही अनुसार विभेदको ठहर गर्दै फैसला आएको छ । यसले पीडितलाई न्यायको अनुभूति भएको छ । न्यायालयले न्याय सम्पादन गर्दा गम्भीर भएर पीडितलाई न्याय दिएको छ ।’
अधिकारी २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका हुन् । सो वडाका वडा सदस्यहरु भने एमालेबाट निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण