बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पूजार सार्की’ बनाउँदै निर्देशक राउत

शुक्रबार, ०८ मङ्सिर २०८०, ११ : ४८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । फिल्म ‘पूजार सार्की’ निर्माण हुने भएको छ । निर्देशक दिनेश राउतले आफ्नो ७ औँ प्रोजेक्टको रूपमा यो फिल्म घोषणा गरेका हुन् ।

सामाजिक कथामा निर्माण हुन लागेको फिल्मका निर्माता सुभाष भुसाल हुन् । फिल्मको डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुन लागेको हो । माघको पहिलो साताबाट छायाङ्कनमा जाने फिल्म पोखर र बेनीमा छायाङ्कन हुनेछ ।

आरआर फिल्मको वितरण रहने फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।

फिल्मको कथाअनुसार कलाकार छनौट भइरहेको निर्देशन दिनेश राउतले बताए । ‘हामीले कथा अनुसार चरित्रमा न्याय गर्ने कलाकार छनौटमा छौ । त्यसैले नयाँ पुराना जो पनि हुनसक्छ’ राउतले थपे ।

सानोमा आफ्नो बुबाबाट सुनेको कथा अहिले सबैलाई भन्नुपर्छ भन्ने लागेर फिल्मको रूप दिएको लेखक सुवेदीले बताए । सुवेदी भन्छन्, ‘फिल्मको कथा एकदमै राम्रो छ । मलाई लाग्छ यस्तो कथामा अहिलेसम्म फिल्म बनेकै छैन ।’ 

निर्देशक राउतले यस अगाडि फिल्म ‘प्रकाश’ बनाएका थिए । समीक्षक तथा दर्शक दुवैले रुचाएको ‘प्रकाश’ले विभिन्न अवार्ड समेत प्राप्त गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप