भारतीय नौसेनाका अधिकारीलाई मृत्युदण्डविरुद्धको भारतीय अपिल कतारद्वारा स्वीकार
शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ०१
कतार । कतारको एउटा अदालतले भारतीय नौसेनाका ८ जना अधिकारीहरूलाई मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दिएको अपिल स्वीकार गरेको छ ।
अक्टोबर २८ मा जासुसी गरेको मामिलामा कतारले ती अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । यस मामिलामा छिट्टै सुनुवाइ हुने अदालतले बताएको छ ।
यो फैसलालाई अहिलेसम्म गोप्य राखिएको बताइएको छ । सन् २०२२ को अगस्टमा अल दाह्रा नाम गरेको निजी कम्पनीमा काम गर्ने ८ भारतीय नागरिकहरूलाई जासुसीको आरोपमा समातिएको थियो । मार्च २५ मा उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । गत महिना यिनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण