बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नौसेनाका अधिकारीलाई मृत्युदण्डविरुद्धको भारतीय अपिल कतारद्वारा स्वीकार

शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ०१
शुक्रबार, ०८ मङ्सिर २०८०

कतार । कतारको एउटा अदालतले भारतीय नौसेनाका ८ जना अधिकारीहरूलाई मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दिएको अपिल स्वीकार गरेको छ । 

अक्टोबर २८ मा जासुसी गरेको मामिलामा कतारले ती अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । यस मामिलामा छिट्टै सुनुवाइ हुने अदालतले बताएको छ ।

यो फैसलालाई अहिलेसम्म गोप्य राखिएको बताइएको छ । सन् २०२२ को अगस्टमा अल दाह्रा नाम गरेको निजी कम्पनीमा काम गर्ने ८ भारतीय नागरिकहरूलाई जासुसीको आरोपमा समातिएको थियो । मार्च २५ मा उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । गत महिना यिनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप