नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको तयारी अन्तिम चरणमा
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलन उदघाटनमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू आउने कार्यक्रम तय भइसकेको छ ।
सम्मेलन सफतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको उनले बताए । सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने उनको भनाइ छ ।
उदघाटन कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानुन मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरू डा. चन्द्रकान्त भण्डारी, दीपक गिरी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए
सम्मेलनमा सबै प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४६८ प्रतिनिधि छानिने छन् भने प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १२१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना प्रतिनिधि रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण