शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : १९
शुक्रबार, ०८ मङ्सिर २०८०

बुटवल । बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु६१प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको  जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ देविनगरका शेखर पोखरेको  भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप