आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्राइम शो’को लतले अपराध, कोरियाली महिलालाई आजीवन जेल सजाय

शुक्रबार, ०८ मङ्सिर २०८०, १७ : ५३
शुक्रबार, ०८ मङ्सिर २०८०

सोल । दक्षिण कोरियाको एउटा अदालतले एक २३ वर्षकी युवतीलाई आजीवन कैदको सजाय सुनाएको छ । कौतुलताका कारण अपरिचितलाई मारेको बताउने जङ्ग यो–जङलाई बुसान जिल्ला अदालतले शुक्रबार जीवनभर कारावासको फैसला सुनाएको हो । 

युवती ‘क्राइम शो’ अति नै हेर्थिन् र त्यस्ता खालका उपन्यासहरुप्रति उनी आशक्त थिइन् । मान्छेलाई कसरी मार्ने भन्ने उत्सुकता बढ्दै गएपछि युवतीले एपमार्फत सिकार खोजेर मारिन् । यो घटनाले सारा कोरिया तरंगित भयो । सरकारी वकिलहरुले युवतीलाई मृत्युदण्डको सजाय मागेका थिए । दक्षिण कोरियामा गम्भीर अपराधमा मृत्युदण्डको सजाय मागिन्छ ।

जङ हजुरबुबासँग बस्थिन र बेरोजगार थिइन् । उनले महिनौँसम्म शिक्षक खोज्ने अनलाइन एपमा सिकार खोजिरहिन् । यसका लागि उनले ५० भन्दा बढी मानिससँग एपमार्फत सम्पर्क गरिन् । उच्च विद्यालय पढ्ने छोरीको आमा बनेर उनले छोरीलाई घरमै अंग्रेजीको ट्युशन पढाइदिने शिक्षक÷शिक्षिका खोजेकी थिइन् र मेमा २६ वर्षीय छोरीलाई पढाइदिन राजी गराइन् । अनलाइनबाट किनेको विद्यालयको पोसाकमा विद्यार्थी नै बनेर उनी ती युवतिको घर गइन् ।

घरभित्र छिर्ने बित्तिकै सय पटकभन्दा बढी पटक शिक्षिकामाथि चक्कु प्रहार गरिन् । शिक्षिका मरेपछि पनि उनले चक्कु हानी नै रहेको खुलासा भएको छ । त्यसपछि शरीरलाई टुक्रा–टुक्रा पारेर अनलाइनबाट ट्याक्सी बोलाइन र बुसानको उत्तरपट्टी नदी नजिकको निर्जन पार्कमा लगेर शवका टुक्रा फ्याँकिदिइन् । 

ट्याक्सी चालकले रगतमा भिजेको सुटकेश देखेपछि शंकास्पद लागेर प्रहरीलाई सुराकी दिए । जङको अनलाइन ब्राउजिङ हिष्ट्री हेर्दा उनले महिनौँसम्म मान्छे कसरी मार्ने र शव कसरी तह लगाउने भनेर सोधखोज गरेको देखिएको प्रहरीको भनाई छ ।

आफ्नो अपराध लुकाउन जङले शिक्षिकाको घरको सीसीटीभी नष्ट गर्ने प्रयास चाँहि गरिनन् । सीसीटीभीमा उनी कयौँ पटक शिक्षिकाको घरभित्र छिरेको र बाहिरिएको देखिएको छ । यो घटनापछि बिना कारण पनि मान्छे मरिने रहेछ भन्ने भय समाजभर फैलिएको मुद्दाको सुनवाइका क्रममा न्यायाधीशले भनेका थिए । जुनमा नै जङले आप्mनो अपराध स्वीकार गरेकी थिइन् ।  

घटनाको बेलामा आफू हलुसिनेसन र अन्य मानसिक विकृतिहरुबाट पीडित रहेको भन्दै जङ्गले कम कठोर सजाय दिन अनुरोध गरेकी थिइन् । तर उनले योजनाबद्ध तरिकाले अपराध गरेकोले उनी मानसिक र शारीरिक विकृतिबाट पीडित थिइन् भन्ने तर्क अदालतले मानेन । सोधपुछका क्रममा जङले आफ्नो बयान बारम्बार फेरिरहेकी थिइन् । तर अन्त्यमा क्रइम शो र टिभीमा आउने अपराधसम्बन्धी कार्यक्रमहरु हेरेर आफूलाई हत्या गरौं  भएको भनेर उनले स्वीकार गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप