भारत–नेपाल संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु
शुक्रबार, ०८ मङ्सिर २०८०, २१ : ३८
काठमाडौँ । भारत–नेपाल संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास यही मंसिर २१ गते सकिने भएको हो ।
सैन्य अभ्यासमा सहभागी हुने ३ सय ३४ नेपाली सेनाको भारत गएका छन् । यस्तै भारतका ३ सय ५४ सेना सो अभ्यासमा सहभागी छन् ।
यसको उद्देश्य जंगल युद्धमा अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने, हिमाली भूभागमा आतंकवाद विरोधी अभियान र शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत मानवीय सहायता र विपद् राहत प्रदान गर्नु रहेको जनाइएको छ। यो अभ्यासले सेनाहरूको क्षमता बढाउने विश्वास लिइएको छ ।
यस्तै यो अभ्यासले भारत र नेपालबिचको मित्रता, विश्वास, साझा सांस्कृतिक सम्बन्ध बलियो हुने दुई देशका सेनाले विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका चार जना डीआईजीको सरुवा
-
प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण