उर्लाबारी आगजनी घटना : थप १ जनाको मृत्यु
विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएपछि सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो ।
उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५ जना छन्।
आगलागी घटनामा उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण