वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्दै यादवले पछिल्लो समय नेपालमा गैँडा र बाघको तस्करी बढिरहकोप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको जिकिर गरे ।
उपराष्ट्रपति यादवले भने, ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको छ । जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन् । सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन् । चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन । तसर्थ चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ । मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो छ । गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय हो । वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण