बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हारबाट जोगियो बार्सिलोना

शनिबार, ०९ मङ्सिर २०८०, २१ : ०५
शनिबार, ०९ मङ्सिर २०८०

मड्रिड । निकै निराश खेल प्रदर्शन गरेको बार्सिलोना विपक्षी टोलीको आत्मघाती गोलको मद्दतले हारबाट जोगिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रायो भायोकानोसँग १–१ को बराबरी खेलेको हो ।

खेलको ३९ औँ मिनेटमा उनाई लोपेजले रायोलाई अग्रता दिलाएका थिए । यसअघि फ्रांकी डी योङको गल्तीमा रायोले गोलको अवसर पाएको थियो, तर त्यसलाई गोलकिपर इनकाई पेनाले बचाउ गरेका थिए । 

दोस्रो हाफमा बार्सिलोनाले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई परिणत भने गर्न सकेन । हारतर्फ अघि बढिरहँदा रायोका फलोरियान लेजेउनले आत्मघाती गोल गरेपछि बार्साले केही राहत पाएको थियो ।

बराबरपछि बार्सा र म्यानेजर ज्याभीमाथि दबाब बढेको छ । टोलीले पछिल्ला चारमध्ये तीन खेलमा अंक गुमाएको छ । १४ खेलपछि ३० अङ्कसहित बार्सा लिगको तेस्रो स्थानमा छ । २१ अङ्कसहित रायो आठौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप