हारबाट जोगियो बार्सिलोना
शनिबार, ०९ मङ्सिर २०८०, २१ : ०५
मड्रिड । निकै निराश खेल प्रदर्शन गरेको बार्सिलोना विपक्षी टोलीको आत्मघाती गोलको मद्दतले हारबाट जोगिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रायो भायोकानोसँग १–१ को बराबरी खेलेको हो ।
खेलको ३९ औँ मिनेटमा उनाई लोपेजले रायोलाई अग्रता दिलाएका थिए । यसअघि फ्रांकी डी योङको गल्तीमा रायोले गोलको अवसर पाएको थियो, तर त्यसलाई गोलकिपर इनकाई पेनाले बचाउ गरेका थिए ।
दोस्रो हाफमा बार्सिलोनाले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई परिणत भने गर्न सकेन । हारतर्फ अघि बढिरहँदा रायोका फलोरियान लेजेउनले आत्मघाती गोल गरेपछि बार्साले केही राहत पाएको थियो ।
बराबरपछि बार्सा र म्यानेजर ज्याभीमाथि दबाब बढेको छ । टोलीले पछिल्ला चारमध्ये तीन खेलमा अंक गुमाएको छ । १४ खेलपछि ३० अङ्कसहित बार्सा लिगको तेस्रो स्थानमा छ । २१ अङ्कसहित रायो आठौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण