लोक सेवामार्फत नाम निस्किएर पनि नियुक्ति लिन नआएपछि सडक विभागले निकाल्यो यस्तो सूचना
आइतबार, १० मङ्सिर २०८०, ०७ : ५०
काठमाडौँ । लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ ।
विभागद्वारा जारी सूचनामा भनिएको छ– 'गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ। उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत जानकारी गराइन्छ ।'
विभिन्न पदमा नाम निकालेका ९ जना नियुक्ति लिन नआएपछि विभागले सूचना जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण