मङ्सिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल हुने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले मङ्सिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, केन्द्रीय बैङ्कले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो । बैङ्कद्वारा जारी सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मङ्सिर ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर १२ गते हुनेछ । यसअघि केन्द्रीय बैङ्कले मङ्सिर ४ गते २३ अर्ब २३करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण