सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्सिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल हुने

आइतबार, १० मङ्सिर २०८०, १३ : ०५
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले मङ्सिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

यद्यपि, केन्द्रीय बैङ्कले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो । बैङ्कद्वारा जारी सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गरिनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मङ्सिर ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मङ्सिर १२ गते हुनेछ । यसअघि केन्द्रीय बैङ्कले मङ्सिर ४ गते २३ अर्ब २३करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप