एनआईसी एसिया लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश
आइतबार, १० मङ्सिर २०८०, १३ : १०
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीका अनुसार १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।
लघुवित्तले यही मङ्सिर ८ गते बसेको सञ्चालक समितिको ११९ औँ बैठकले गरेको प्रस्ताव आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण