कमल थापाले बोलाए कार्य सम्पादन समितिको बैठक
काठमाडौँ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘काठमाडौँमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरूलाई सचिवालय मार्फत खबर गरिएको छ,उपत्यका बाहिरका पनि अनुकुल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भने । उनका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तहप्रति देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।
गृहजिल्ला हेटौँडामा रहेका थापा बैठकका निमित्त भनी काठमाडौँ आइपुगिसकेका छन् । थापाले पार्टीले अवलम्बन गर्ने नीति ,सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।
दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गरेका थिए । केही दल र नेताहरूले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरूको बरबराहट भन्ने टिप्पणी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण