चितवन घटना : बोरामा मृत भेटिएका महिला र पुरुषको अझै भएन सनाखत
आइतबार, १० मङ्सिर २०८०, १३ : ४४
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शव अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा मंसिर ६ मा महिला र पुरुषको शव भेटिएको थियो । शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसवुक’ मार्फत हुलिया सार्वजनिक गरेको छ ।
तर, शव फेला परेको ४ दिन हुँदा पनि प्रहरीले मृतकहरुको सनाखत गराउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले दुवै शवको सनाखत नभएको रातोपाटीलाई बताए । उनले भने–‘शवको सनाखत हुन सकेको छैन ।’
हत्यापछि बोरामा प्याक गरेर शव फालेको हुनसक्ने आशंका गरिएको छ । तर, शव पहिचान भएपछि मात्र थप अनुसन्धान अघि बढ्ने अनुसन्धान अधिकृतहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण