नेपालमा सुटुक्क फिल्म छायांकन गरेर फर्किए खेसारीलाल
आइतबार, १० मङ्सिर २०८०, १६ : ०६
काठमाडौँ । भोजपुरी सुपरस्टार खेसारीलाल यादवको फिल्म ‘निरहुवा हाजिर हो’ नेपालमा छायांकन गरिएको छ । फिल्मको ४ गीतसहित केही दृश्य समेत नेपालमा छायांकन सकाएर उनी आइतबार पटना फर्किएको फिल्मका नेपाल व्यवस्थापक सुवास काफ्लेले बताए ।
काफ्लेका अनुसार स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायांकन भएको हो । नेपालमा उनको फ्यान पनि राम्रो भएकोले फिल्म छायांकनमा अवरोध पुग्ने हिसाबले फिल्मको छायांकन गोप्य राखिएको हो ।
फिल्मको एक गीतमा खेसारीलालसँग नेपाली मोडल उषा उप्रेतीले पनि अभिनय गरेकी छन् । भारतको बिहारसहित नेपालको मधेस प्रदेशमा खेसारीलालको क्रेज राम्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण