रोग, किरा र झारपातबाटै हुन्छ ४२ प्रतिशत बाली नोक्सान
काठमाडौँ । विश्वमा लगाइने बालीमध्ये बर्सेनि रोग, किरा र झारपातबाट ३१ देखि ४२ प्रतिशत नोक्सान हुने गरेको पाइएको छ । रोगबाट १४ दशमलव १ प्रतिशत, कीराबाट १० दशमलव २ प्रतिशत, झारपातबाट १२ दशमलव २ प्रतिशत र काटेपछि भण्डारण गर्दा ६ देखि १२ प्रतिशत बाली औसतमा नोक्सान हुने प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विकसित देशमा बढी र विकासोन्मुख देशमा झनै धेरै बाली नोक्सान हुने उल्लेख गरिएको छ ।
महादेश अनुसार बाली नोक्सान फरक–फरक हुने जनाइएको छ । युरोपमा २५ प्रतिशत बाली नोक्सान हुन्छ भने, उत्तर र दक्षिण अमेरिकामा २९ प्रतिशत बाली रोग, कीरा, झारपातबाट नोक्सान हुने गरेको पाइएको छ ।
यस्तै,रुस र चीनमा ३० प्रतिशत बाली नष्ट भएको पाइएको उल्लेख छ । दक्षिण अमेरिकामा ३३ प्रतिशत र अफ्रिका र दक्षिण पूर्वी एसियामा ४२ देखि ४३ प्रतिशत बाली रोग, कीरा, झारपातबाट बाली नोक्सान हुने भेटिएको छ ।
बालीको नोक्सानको मात्रा रोग, कीरा र झारपात जस्ता शत्रु जीवले गर्दा बाली विशेष फरक–फरक हुने सरकारी तथ्याङ्कमा उल्लेख छ । फलफूल २३ दशमलव ४ प्रतिशत, खाद्यान्न ३४ दशमलव ५ प्रतिशत, उखु बाली ५५ प्रतिशत नोक्सान भएको पाइएको केन्द्रले जनाएको छ ।
यस्तै, मौसम, वर्ष, विषादीको उपलब्धता, तालिम प्राप्त व्यक्ति र उत्पादनको ज्ञान अनुसार पनि बाली नोक्सान फरक पर्ने केन्द्रले उल्लेख गरेको छ । सन् २००२ को एक अध्ययन अनुसार विश्वमा लगाइने सबै प्रकारका बालीहरूको उत्पादन करिब १५ सय बिलियन डलर हुन्छ । यसको ५ सय ५० बिलियन डलर बराबरको बाली रोग, कीरा र झारपातले नोक्सान भएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण