भारतलाई २–० को अग्रता
तिरुवनन्तपुरम । दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भारतले प्रस्तुत गरेको २ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ९ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियालाई रोक्न भारतका लागि प्रसिद्ध कृष्णा र रवि विश्नोईले ३–३ विकेट लिए । अस्ट्रेलियाका लागि मार्कस स्टोनिसले सर्वाधिक ४५ रन बनाए भने कप्तान म्याथ्यु वेडले ४२ तथा टिम डेभिडले ३७ रनको योगदान दिए ।
यसअघि तीन खेलाडीले अर्धशतक बनाएपछि भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । टोलीका लागि रुतुराग गैकवाडले सर्वाधिक ५८ रन बनाए भने यशश्वी जैसवालले ५३ तथा ईशान किशनले ५२ रन बनाए । खेलको अन्त्यतिर धुवाँदार ब्याटिङ गर्दै रिंकु सिंहले ३१ रन बनाए । अस्ट्रेलियाका लागि नानक इलिसले ३ विकेट लिए ।
पहिलो खेलमा भारत २ विकेटले विजयी बनेको थियो । अब तेस्रो खेल गुवाहाटीमा मंगलबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण