साहित्यकार खगेन्द्र संग्रौला सम्मानित
मध्यपुर थिमि । स्व.वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रगतिवादी साहित्यकार, समालोचक, वरिष्ठ लेखक खगेन्द्र सङ्ग्रौलालाई स्व.वैकुण्ठहरि श्रेष्ठको ९० औँ जन्मजयन्तीको अवसरमा सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रगतिवादी साहित्यकार एवं प्रगतिशील कवि योगेन्द्र प्रधानले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा लामो समयसम्म नेपाली जनतालाई प्रगतिवादीको चेतना जागृत गर्ने, समाजको कुरीतिलाई बदल्न र हक अधिकारका लागि आवाज बुलन्द गर्ने प्रेरणा दिने प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौलालाई रु.५१ हजार नगद पुरस्कार सहित दोसला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि मातृका पोखरेल, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र ४ नं.वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले मन्तव्य राख्दै साहित्यकार संग्रौलाको बारेमा चर्चा गरेका थिए । प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोही दिन बिहान मध्यपुर थिमि निगूपुखू (दुईपोखरी) मा रहेको स्व. वैकुण्ठहरि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरिएको थियो । उक्त माल्यार्पण कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्यहरू, वडा नं.४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठलगायत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण