बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘उडान’को टिजरमा नेपाली र अमेरिकन युवा–युवतीको रोमान्सको कथा

मङ्गलबार, १२ मङ्सिर २०८०, १० : ३८
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । नेपाली र अमेरिकन युवा–युवतीको रोमान्सको कथामा निर्माण भएको सट फिल्म ‘उडान’ को टिजर रिलिज भएको छ । फिल्म निरञ्जन पाण्डेको निर्देशनमा तयार भएको हो ।

अमेरिकामा रहँदै आएका निरञ्जनले यो फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।

सिधै युट्युबमा रिलिज हुने फिल्ममा ५ मिनेटको गीत समेत समावेश छ । जसमा, प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा सङ्गीत छ ।

फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली युवा–युवती र अमेरिकन युवाको प्रेम कथालाई प्रस्तुत गर्ने पाण्डेले जानकारी दिए ।

फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भएको छ । फिल्मलाई अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप