शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँको स्पा सेन्टरमा वेश्यावृत्ति, सञ्चालक पक्राउ

२ नाबालिगसहित ३ जनाको उद्धार
मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ३९
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँमा एक स्पा सेन्टर सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।  उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । साथै सेन्टरबाट २ नाबालिग र १ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ । पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप