काठमाडौँको स्पा सेन्टरमा वेश्यावृत्ति, सञ्चालक पक्राउ
काठमाडौँ । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँमा एक स्पा सेन्टर सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो । साथै सेन्टरबाट २ नाबालिग र १ युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका २ वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ । पौडेललाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण