स्वीकृत नभएका पाठ्यक्रम नपढाउन काठमाडौँ महानगरपालिकाको सर्कुलर
काठमाडौँ । काठमाडौँ महानगरभित्रका केही विद्यालयहरूले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र त्यस्ता पाठ्यपुस्तक किन्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गर्ने गरेको पाइएको छ । महानगरपालिकाले विद्यार्थी तथा अभिभावकबाट यस्तो गुनासा आएको भन्दै महानगरको शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको भन्दै स्वीकृत नभएका पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ ।
‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्र, सानो ठिमीमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र (अङ्ग्रेजी व्याकरण तथा अङ्ग्रेजी शब्दकोश बाहेक) पठनपाठन गर्ने व्यवस्थाका लागि सबै विद्यालयलाई सूचित गरिन्छ’, महानगर शिक्षा विभाग प्रमुख सिताराम अधिकारीले विद्यालयहरूलाई सूचना पठाउँदै कुनै विद्यालयले यस सूचना विपरीत पाठयक्रम तथा पाठ्यपुस्तक लागू गरेको पाइए शिक्षा ऐन, २०७५ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गर्ने चेतावनी दिएका छन् ।
शिक्षा ऐन, २०२८ को दफा ८ तथा शिक्षा नियमावली, २०५९ को नियम ३१ बमोजिम विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने र सोही ऐनको दफा १२ को उपदफा (७) को खण्ड (ङ) मा संस्थागत विद्यालयले नेपाल सरकारले लागू गरेको पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य रूपमा लागू गर्नुपर्ने व्यवस्था छ । अन्य सहयोगी पाठ्यपुस्तकहरू पढाउन आवश्यक देखिएमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को स्वीकृति लिनुपर्ने प्रावधान रहेको समेत महानगरले स्मरण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण