छुट्टाछुट्टै स्थानमा ६ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका-६ सानाहिम हिमचौरस्थित भिरालो जग्गामा सोही ठाउँ बस्ने ४१ वर्षीय चित्र बहादुर वली मंगलबार मृत अबस्थामा फेला परेका छन् ।
यसैगरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नास्थित सडकको नाली छेउमा सोही ठाउँ बस्ने ३० वर्षीय समिर भट्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-३ बोजेनी घर भएका ५० वर्षीय सुक बहादुर तामाङ पनि आफ्नै डेरामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका-४ स्थित दमाई खोलामा सोही नगरपालिका-४ दमाई टोल डेरा गरी बस्ने रसुवा आमाछेदुङमा गाउँपालिका-१ घर भएकी ४० वर्षीया पार्वती तामाङ मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित गोदावरी सामुदायिक वनमा धनगढी उपमहानगरपालिका-८ भईयाँघाट बस्ने डोटी शिखा नगरपालिका-५ घर भएकी ७० वर्षीया ईश्वरी देवी ओझा मृत अवस्थामा फेला परेकी छन् भने धनुषाको धनौजी गाउँपालिका-४ भडरिया बिचला टोलस्थित आँपको बगैंचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण