मोटरबोट चलाएपछि वेगनासतालका जलारी समुदाय रुष्ट, पेशा धरापमा परेको भन्दै बन्द गरिदिन आग्रह
पोखरा । कास्कीको बेगनासतालमा ५४ घर परिवारका २ सय ५० भन्दा बढी व्यक्तिहरु माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । रैथाने माछा मार्ने र त्यसैलाई बजारमा बेच्ने उनीहरुको दैनिकी हो । माछा मार्न उनीहरुले स्थानीय स्तरमा बनेका डुंगा प्रयोग गर्छन् । बेगनासतालको अवलोकन गर्न दर्जनौं डुंगाहरु पनि सञ्चालनमा छन् । केही समयअघि यहाँ मोटरबोट चलाउन थालिएको छ । डुंगा व्यवसायी समितिले नै मोटरबोट संचालन गरेको हो । मोटरबोट चलाउन थालेपछि माछा मर्ने क्रम बढेको र आफूहरुको पेशा नै लोप हुने अवस्था आएको जलारी समुदायको भनाई छ ।
‘मोटरबोट चलाएपछि हामी जलारी जातिको पेशालाई प्रत्यक्ष असर परेको छ । रोजीरोटी नै खोसिने अवस्था आएको छ,’ उनीहरुले भने, ‘केही मात्रै व्यक्तिको फाइदाका लागि सञ्चालन गरिएको मोटरबोट तत्काल बन्द गरिदिनुप¥यो ।’ उनीहरुले डुंगा चलाउँदा ठूलो छाल आउने र त्यसले ताल वरपरको घर नै जोखिममा परेको गुनासो गरे । छालका कारण रैथाने माछाले अण्डा व्रिडिङ गर्ने बेलामा पानीको छालले माछाको अण्डा विगार्छ भने यसबाट रैथाने माछाकै लोप हुने अवस्था आएको छ ।
‘मोटरबोटको आवाज र छालले गर्दा माछाको बढ्ने क्षमतामा ह्रास आउने रहेछ । पेट्रोल प्रयोग गरेर बोट चल्ने भएकोले प्रत्यक्ष असर हामी जलारी जातिमा पुगेको छ,’ उनीहरु भन्छन्, ‘माछा मार्न प्रयोग हुने डुंगा समेत भएको हुनाले हाम्रो डुंगा पल्टाउँछ । जलारी जातिले डुंगा व्यवसायी समितिबाट सञ्चालन भैरहेको मोटरबोटलाई पूूर्ण रुपमा रोकथाम गराइदिन अनुरोध गर्दछौं ।’ केही महिनाअघि देखि यहाँ मोटरबोट सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण