हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा
बुधबार, १३ मङ्सिर २०८०, १० : ३५
तेल अभिभ । चरमपन्थी समूह हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । यसमा १२ जना इजरायली नागरिक र दुई जना थाई नागरिक भएको बताइएको छ । यसअघि दुई पक्षबिच ६ दिनसम्मका लागि युद्धविरामको समय थप गरिएको थियो ।
हमासले बन्धक रिहा गरेसँगै इजरायलले पनि मंगलबार ३० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अनुसार १२ जना बन्धकहरू इजरायल पुगिसकेका छन् ।
गत अक्टोबर ७ को इजरायलमा गरिएको आक्रमणमा हमासले करिब २ सय ४० जना बन्धक बनाएको थियो । हालसम्म ८१ जना बन्धक रिहा भएका छन् ।
हमासको आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए । त्यसपछि इजरायलले गरेको हमलामा गाजामा १५ हजारभन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण