फष्टलुकमै ‘सतिदेवी’को चर्चा
काठमाडौंँ । फिल्मको व्यवसायिक सफलता, असफलतामा प्रचार प्रसारको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले पनि पछिल्लो समय निर्माता निर्देशक फिल्मको फष्टलुकदेखि ट्रेलरसम्ममा धेरै मिहिनेत गर्छन् । फिल्मप्रति दर्शकमा हुटहुटी जगाउन फष्टलुक पोस्टरले समेत ठुलो भूमिका खेल्छ ।
फिल्म ‘सतीदेवी’ ले पनि फष्टलुक पोष्टरमा मार्फत दर्शकमा फिल्मप्रति कौतुहलता जगाउन सफल देखिएको छ । केहीदिन अगाडि सार्वजनिक फिल्मको फष्टलुक्स पोस्टरले चर्चा राम्रो बटुल्न सफल भएको छ ।
ग्रामीण परिवेशमा बनेको र अभिनेत्री मलिका महतले गाउँले चरित्र निर्वाह गरेको फिल्मको पोस्टर सामान्य आउन सक्ने आंकलन धेरैको थियो । निर्देशक लक्ष्मण सुवेदीले पोस्टरबाट धेरैलाई ‘सरप्राइज’ दिए । फिल्मको पोस्टरमा मलिकालाई प्रस्तुत गरिएको बिषयले फिल्म प्रति दर्शकको फिल्म प्रति अपेक्षा बढेको छ ।
पोस्टरमा मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटिरहेको देख्न सकिन्छ । यसले नेपाली समाजको एउटा पाटो झल्काएको छ नै फिल्ममा मलिकाको भूमिका सशक्त छ भन्ने अनुमान गर्न गाह्रो पर्दैन । त्यसो त यो फिल्म नै उनको काँधमा छ ।
फिल्मको पोस्टरलाई ऋचा घिमिरे, वर्षा शिवाकोटी, सरोज खनाल लगायत कलाकारले शेयर गर्दै राम्रो प्रतिक्रिया दिएका छन् । निर्देशक सुवेदी पोस्टरलाई लिएर प्राप्त प्रतिक्रियाले आफू नै ‘सरप्राइज’ भएको बताउँछन् । ‘पोस्टरले दर्शकसँगै फिल्मकर्मीहरुबाट जुन खालको प्रतिक्रिया पाएको छ, त्यसले म एकदमै उत्साही छु’, सुवेदीले भने ‘पोस्टरमा फिल्मको केही पाटो मात्र छ । फिल्ममा धेरै कुरो छ ।’
प्रदर्शन मिति घोषणा गर्न बाँकी फिल्ममा मलिकाको अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको पनि अभिनय छ ।
निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन छ । फिल्मका निर्माता श्रीदेवी सुवेदी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण