रणवीरले अस्वीकार गरेपछि कबीर सिंह बनेका थिए शाहिद, चलचित्रले कमाएको थियो ३८० करोड
हैदराबाद । जब निर्देशक सन्दीप रेड्डी वांगाले चलचित्र कबीर सिंहमा शाहिद कपुरलाई कास्ट गर्ने मन बनाए, धेरैले उनको यो निर्णयमाथि प्रश्न उठाएका थिए । त्यतिबेलासम्म शाहिदको कुनै पनि चलचित्रले १ सय करोड कमाउन सकेको थिएन ।
शाहिद अघि यो रोलका लागि रणवीर सिंहसँग कुराकानी गरिएको थियो । तर, रणवीरले चलचित्रलाई ‘डार्क’ भन्दै काम गर्न अस्वीकार गरेका थिए । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सन्दीपले अर्जुन रेड्डी ब्लकबस्टर भएपछि उनले दोस्रो चलचित्र महेश बाबुसँग बनाउन चाहेका थिए । तर त्यति नै बेला महेश बाबुले अन्य चलचित्रका लागि साइन गरेका थिए ।
त्यसपछि उनले अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंह बनाउने निर्णय गरे । त्यतिबेला बलिउडबाट उनलाई थुप्रै अफरहरू आउन थालिसकेको थियो । तर, रिमेक बनाउन त्यति सजिलो भने थिएन । उनले भने, ‘मलाई रिमेक बनाउन मुम्बईबाट लगातार फोनहरू आइरहेका थिए । मैले सबैभन्दा पहिले यो चलचित्रको अफर रणवीर सिंहलाई दिएँ । म उनीसँग काम गर्न चाहन्थे । तर, उनले चलचित्रको ‘थीम डार्क’ भएको भन्दै काम गर्न अस्वीकार गरे ।’
रणवीरले अस्वीकार गरेपछि उनलाई यसको रिमेक कहिले पनि बन्दैन भन्ने लागेको थियो । त्यही भएर उनले आफ्नो ध्यान फेरि तेलुगु चलचित्रतिर लगाए । सन्दीपलाई डर थियो, ओरिजिनल चलचित्र हिट भएपछि रिमेक हिट हुँदैन र यो उनको लागि लज्जाको विषय हुनेछ ।
उनले भने, ‘निर्माता, डिस्ट्रब्युटर र निर्देशक सबैले अर्जुन रेड्डी हेरिसकेका थिए । रणवीरको स्थानमा शाहिदलाई भित्र्याउने कुराको उनीहरूले विरोध गरेका थिए ।’ तर सन् २०१९ मा रिलिज भएको कबीर सिंह बक्स अफिसमा हिट साबित भयो । ३६ करोड रुपैयाँ भारु खर्च भएको चलचित्रले विश्वभर ३ सय ८० करोड रुपैयाँ कमाएको थियो ।
उनको आगामी चलचित्र एनिमल डिसेम्बरमा रिलिज हुँदैछ । चलचित्रले पहिलो दिन हिन्दी संस्करणमा मात्र ५० करोड भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाई छ । तीन दिनमा चलचित्रले ३ सय करोडको आँकडा छुने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण