मुगु हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई गरियो सम्मान
सुर्खेत । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ ।
प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो ।
गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।
उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो । उक्त घटनाको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बुधबार उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा डीआईजी ढकालले कर्मचारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन कुनैपनि घटनाको सम्बन्धमा जिम्मेवार भई सूक्ष्म रूपमा विधि सम्मत अनुसन्धान गर्न, कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबैले जिम्मेवार हुन साथै ‘सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ को पूर्ण रूपमा कार्यान्वयनको लागि प्रतिबद्ध भई काम गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण