जसपाको तराई थरुहट राष्ट्रिय समितिमा सदस्यहरू मनोनयन
बिहीबार, १४ मङ्सिर २०८०, ०८ : ४६
दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) मा सदस्यहरू मनोनयन गरिएको छ ।
बुधबार दाङमा बसेको बैठकले समितिको उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरूमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश समितिको आयोजनामा मङ्सिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनौट, सदस्यहरूको मासिक लेबी, मातहतका जिल्लाको यथाशीघ्र भेला गर्ने निर्णय गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण