शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको तराई थरुहट राष्ट्रिय समितिमा सदस्यहरू मनोनयन

बिहीबार, १४ मङ्सिर २०८०, ०८ : ४६
बिहीबार, १४ मङ्सिर २०८०

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) मा सदस्यहरू मनोनयन गरिएको छ । 

बुधबार दाङमा बसेको बैठकले समितिको‌ उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरूमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश समितिको आयोजनामा मङ्सिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनौट, सदस्यहरूको मासिक लेबी, मातहतका जिल्लाको यथाशीघ्र भेला गर्ने निर्णय गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप