विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमण राख्न सुवालको माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमणको व्यवस्था गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले युरोपियन युनियनका सदस्य युद्धका बेला पनि केहि दिन अघि प्यालेस्टाइन गएको बताउँदै दुई तीन जना मात्रै भए पनि सांसदहरूको टोली प्यालेस्टाइन जाने व्यवस्था गर्न माग गरे । उनले प्यालेस्टाइनसँग कसरी सम्पर्क राखेर सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए ।
समितिले इजरायल र प्यालेस्टाइनबीच स्थायी युद्ध बिरामको पक्षमा विज्ञप्ति जारी गर्न माग गरे । जवाफमा समिति सभापति राजकिशोर यादवले अहिले प्यालेस्टाइन जान व्यवहारिक र आर्थिक रूपमा पनि सम्भव नभएको पनि बताए । समितिले नीतिगत विषयमा मात्रै छलफल गर्न सक्ने बताउँदै कूटनैतिक हिसाबले पनि प्यालेस्टाइन जान नमिल्ने बताए । सांसद सुवालले संयुक्त राष्ट्र सङ्घले गर्ने भोटिङ प्रक्रियामा नेपालले प्यालेस्टाइनको पक्षमा मत दिन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण