श्रम सचिवको अध्यक्षतामा प्रतिष्ठान विकास समिति गठन
काठमाडौँ । राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन गरेको हो ।
नेपालको अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले बिहीबार श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेका हुन् ।
अब भैसेपाटी, इटहरी र वुटलवमा रहेको व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ । विकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि रहनेछ । कार्यकारी निर्देशक सदस्य सचिव रहनेछ । समितिले प्रतिस्पर्धा गरी चार वर्षको लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
मन्त्री भण्डारीले अदक्ष र अर्धदक्ष जनशक्तिलाई सीपयुक्त बनाउने संयन्त्र बनेको बताए।
'हाम्रो बजार र अन्तर्राष्ट्रिय बजारको सीपयुक्त जनशक्तिको माग छ । दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशीलता जनशक्ति उत्पादन नहुँदा नेपाली जनशक्तिले उचित ज्याला र सुरक्षा पाइरहेको छैन', उनले भने, `समितिले बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी बजारको आवश्यकता परिपुर्ति गर्नेछ । समितिले दिएको प्रमाणपत्रले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।'
विकास समितिले स्वदेश वा विदेशमा रोजगारीको लागि उपयोगी हुने विभिन्न विषय (ट्रेड) का निर्धारित पाठ्यक्रम अनुसार ६ महिना अवधिको प्रशिक्षण दिनेछ । त्यो प्रशिक्षण कम्तीमा ७ सय तीस कार्यघण्टा प्रशिक्षण हुन्छ ।
समितिले दक्ष प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशीलता जनशक्ति उत्पादन गर्नको लागि आवश्यक पर्ने प्रशिक्षण कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दीर्घकालीन तथा अल्पकालीन नीति तर्जुमा गर्नेछ । त्यस्तै श्रम बजारको माग अनुरूप दश जनशक्ति उत्पादन गर्नको लागि आवश्यक प्रशिक्षणको विषय (ट्रेड) पहिचान तथा छनोट गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण