कुलमानको गुनासो : यो देशमा विकास गर्न गाह्रो छ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विभिन्न निकायबिच समन्वय नहुने हो भने देश विकास हुन गाह्रो रहेको गुनासो पोखेका छन् । उनले समन्वयको अभावमा भूमिगत तार बिछ्याउने काम अलपत्र हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
ललितपुरमा स्मार्ट सडक बत्ती उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिसिङले भने, ‘यो देशमा देश विकास हुन निकै गाह्रो छ । कोओर्डिनेसनको इस्यू यति ठुलो छ । भित्रभित्रको सडकमा अन्डरग्राउन्ड केबलिङ महँगो परियोजना हो । यो काम गर्न अप्ठ्यारो छ । तर पनि समन्वय गरेर गरौँ भन्दा पनि बर्खाभरि वहाँहरूले दिनै हुन्न । बर्खा सके पनि उहाँहरूले अहिलेसम्म दिनु भएको छैन । मेरो कन्ट्राक्टर अब काम गर्दैनौँ भनेर हिँडिसक्नुभएको छ ।’
यो विषयमा महानगरपालिकाले सडक विभागसँग पहल समन्वय गर्ने हो भने अझै पनि केही समय बाँकी भएको उनको जिकिर छ । ‘यो परियोजना बेवारिसेमा परिणत हुँदैछ । यो दुर्भाग्यपूर्ण छ । मलाई पीडा लाग्छ ।’
‘वनमा गयो ट्रान्समिसन लाइन बनाउन दिँदैन । वनकै राज्य । सडकमा गयो सडकमै राज्य,’ उनले आक्रोश पोखे, ‘कहाँ चाहिँ काम गर्ने ?’
उनले यो स्थिति आउनुमा सबै जिम्मेवार रहेको पनि जिकिर गरे । उनले सबैलाई जिम्मेवार बन्न र देशको विकासमा योगदान गर्न आग्रह गरे । ‘आम जनताले पनि केही समय अप्ठ्यारो बेहोर्नुपर्छ,’ उनले भने, ‘तर यहाँ केही समय अप्ठ्यारो पर्यो भने कामदार थुनिदिन्छ । म आफू उभिएर काम गर्न लगाउँछु भन्दा पनि अहिले कन्ट्राक्टरले सहमति गर्नुस् भनिदिन्छ । यो समस्या समाधान भएन भने विकास सम्भव छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण