जग्गा स्वामित्वमा पुरुष र खेतीपातीमा महिला बढी
काठमाडौं । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ ।
नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् । कृषिगणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व रहेका छन् भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८ मात्र रहेका छन् ।
प्रदेशगत रूपमा हेर्दा वयस्क पुरुषको यो प्रतिशत सबैभन्दा बढी ४७.६ प्रतिशत बागमती प्रदेशमा र सबैभन्दा कम ४०.१ मधेश प्रदेशमा रहेको छ । वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी २४.२ प्रतिशत गण्डकी प्रदेशमा र सबैभन्दा कम १६.३ कर्णाली प्रदेशमा रहेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष वा सोभन्दा माथि) कृषि जनसङ्ख्याको प्रतिशत ३१.४ रहेको देखाएको छ । प्रदेशगत रूपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी ३४.६ गण्डकी प्रदेशमा र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण