आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेटको फाइनल आज, आर्मी र मधेसबिच प्रतिस्पर्धा

शुक्रबार, १५ मङ्सिर २०८०, ०९ : १८
शुक्रबार, १५ मङ्सिर २०८०

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्ने भएका छन् । फाइनल खेल आज पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुनेछ । 

आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई हराएको थियो भने मधेसले एपीएफलाई पराजित गरेको थियो ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेताले ५ लाख पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ टिमको सहभागिता थियो । 

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप