केपी ओली कप क्रिकेटको फाइनल आज, आर्मी र मधेसबिच प्रतिस्पर्धा
शुक्रबार, १५ मङ्सिर २०८०, ०९ : १८
पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्ने भएका छन् । फाइनल खेल आज पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुनेछ ।
आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई हराएको थियो भने मधेसले एपीएफलाई पराजित गरेको थियो ।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजनामा गरेको प्रतियोगिताका विजेताले ५ लाख पाउनेछन् भने उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।
म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण