भारतको टेस्ट टोलीमा फर्किए राहुल, ऐयर र बुमराह
काठमाडौँ । तीन प्रभावशाली खेलाडी केएल राहुल, श्रेयष ऐयर र जसप्रित बुमराह भारतको टेस्ट टोलीमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्न घोषित भारतीय टोलीमा यी तीन खेलाडीलाई पनि समावेश गरिएको छ ।
अजिनक्या रहानेलाई भने यसपटक टेस्ट टोलीमा समेटिएको छैन । विश्वकपपछि केही समयका लागि आराममा रहेका विराट कोहली पनि दक्षिण अफ्रिकाविरुद्धको टेस्टका लागि टोलीमा फर्किएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
यसका अतिरिक्त मोहम्मद सामीलाई पनि टोलीमा स्थान दिइएको छ । यसअघि गत जुलाईमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलामा सामी अनुपस्थित रहेका थिए । सामी अझै उपचारकै क्रममा रहेको समाचारमा जनाइएको छ ।
भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका रुपमा दोस्रो पाली सुरु गरेयता राहुद द्रविडका लागि पनि यो पहिलो टेस्ट हुनेछ । बीसीसीआईले बुधबारमात्र प्रमुख प्रशिक्षक द्रविडको सम्झौता लम्ब्याउने निणर्य गरेको थियो ।
बुमहराले पछिल्लोपटक १७ महिनाअघि बर्मिङ्घममा इङ्ल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेलेका थिए । उनी लामो समय पिठ्यूँको समस्याबाट पिडीत भएका थिए । उनले हालै घरेलु मैदानमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप भने खेलेका थिए । डिसेम्बर १० देखि सुरु हुने दक्षिण अफ्रिका भ्रमणका क्रममा भारतीय टोलीले टी—२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि खेल्ने कार्यक्रम छ ।
दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाका लागि घोषित टोलीमा रोहित शर्मा (कप्तान), सुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयष ऐयर, रुतुराज गायकवाड, ईशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, सार्दुल ठाकुर, मोहम्मद सिराज, मुकशे कुमार, मोहम्मद सामी, जसप्रित बुमराह (उपकप्तान) र प्रसिद्ध कृष्ण रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण