नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्योः मन्त्री लिम्बू
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए । उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने बताए । लिम्बुले राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए । उनले अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने बताए ।
उनले भने, ‘अहिले नेपालको राजनीति देशी, विदेशी शक्तिले हल्लाइरहेको छ । अस्थिरता बनाइरहेको छ । जहाँ राजनीतिक क्षेत्र अस्थिर भयो भने देशमा विकास हुन सक्दैन । राजनीति किन गर्ने ? के पाइन्छ ? भन्ने खालको प्रश्न युवा साथीहरुले गरेको सुनिन्छ । राजनीतिले के दिन्छ ? भनेर प्रश्न गरेर पछाढि लाग्ने भन्दा पनि अब राम्रो गर्नुपर्छ । राम्रोका लागि दबाब सिर्जना गर्ने, राम्रोका लागि सुझाव दिनुपर्छ । राजनीति भनेको मुल नीति हो । राजनीति एउटा दर्शन हो । यसलाई राम्रोसँग अघि बढाउने कुरामा सबैले सक्रिय सहभागिता जनाउन जरुरी छ । अग्रज, अहिलेको पिढी र भविष्यका पिढीहरुलाई जोड्ने ढंगबाट नीति निर्माण गर्नसके निश्चिय नै नेपाललाई विकासित बनाउन सक्छौँ ।’
मन्त्री लिम्बूले युवाहरुले आगामी दिनलाई उज्यालो बनाउन कसरी सकिन्छ भन्नेकुरामा जोड दिँदै नैराश्यता त्यागेर अघि बढ्न आग्रह गरे । उनले राजनीतिक क्षेत्रलाई सधैँ नकारात्मक दृष्टिकोणबाट नहेरी सुझाव र सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले सार्वजनिक बिदाको व्यवस्थापनमा सरकारबाट युवा पुस्ताले चाहेको कुरा आफूले सुझाव लिन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण