चन्द्रपुरमा २ करोडको साढे ९ फिट अग्लो बुद्धको मूर्ति स्थापना
शनिबार, १६ मङ्सिर २०८०, १९ : ५९
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्र परिसरभित्र भगवान् बुद्धको मूर्ति स्थापना गरिएको छ । झन्डै ३ सय ५० वर्ष अघि सेन वंशीय राजा गोल्माको दरबार रहेको भनिएको चन्द्रपुर–१ स्थित थाई नेपाल मेरिट ब्रीजग्रुपको सहयोगमा बैरी विनाश बुद्धको मूर्ति स्थापना गरिएको हो ।
गोल्मा राजा रानीको दरबार क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने उद्देश्य अनुरूप बुद्धको मूर्ति स्थापना गरिएको बताइएको छ । उक्त दरबार क्षेत्रमा रहेको टुँडिखेलमा स्थापना गरिएको बुद्धको मूर्तिको मूल्य झन्डै दुई करोड रुपियाँ रहेको र उचाइँ साढे ९ फिट अग्लो रहेको भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उक्त क्षेत्रलाई गोल्मा राजा बौद्ध बिहारको नाम दिनुका साथै ध्यान केन्द्रको रूपमा विकास गरिने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण