इजरायलद्वारा युद्धविरामका वार्ताकारहरूलाई कतारबाट फर्किन आदेश
तेल अभिभ । युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छोड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन्।’
यसमा भनिएको छ, ‘आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन। यसमा हमासलाई दिइएको सूची अनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि समावेश छ।’
कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गर्दै आएको छ । कतारले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुई पटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाईमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कोप-२८ जलवायु परिवर्तन शिखर सम्मेलनमा इजरायल र हमास बिच युद्धविराम नवीकरण गर्न प्रयास गर्न कतार जाने बताएका छन् । ‘यस अवस्थाले दिगो युद्धविराममा पुग्न र हमासका सबै बन्धकहरूको रिहाई सुनिश्चित गर्न दोब्बर प्रयासको माग गर्दछ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण