मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु
मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार साँझ काठमाण्डौबाट मकवानपुरको चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनी सोही बसमा यात्रा गरि आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडी बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारको लागी काठमाडौँ स्थित बि एन्ड बि अस्पताल पु¥याइएकोमा उपचारको क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र बसका चालक मकवानपुरको चखेल बस्ने २६ वर्षीय राजकुमार दोङ प्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण