शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्ट्सद्वारा दुई विद्यालयलाई सहयोग

आइतबार, १७ मङ्सिर २०८०, १५ : ३८
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । शिवम् सिमेन्ट्स लि. ले हेटौंडा–१७, हटिया मकवानपुर स्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल ब्याग वितरण गरेको छ । 

शिवम् सिमेन्ट्स लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामाग्रीहरूको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ ।

4

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप