एनसेल बिक्री प्रकरणमा छानबिन नगरे आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल बिक्री प्रकरणमा छानबिन गर्न माग गरेको छ । १ खर्ब ४४ अर्बमा खरिद गरिएको कम्पनी ६ अर्बमा बिक्री भएकोमा छानबिन गर्न सरकारसँग माग गरेको हो ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै कम्पनीमाथि छानबिन गरी राज्यलाई हुने क्षति असुलउपर गर्न माग गरेका हुन् ।
यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भीर नभएर सरकारविरुद्ध तथा यसमा संलग्न जो कोहीविरुद्ध आन्दोलनमा उत्रिने अनेरास्ववियुले चेतावनी दिएको छ ।
पुँजीगत लाभकर लगायत सरकारलाई तिर्नुपर्ने कर छली गर्ने मनसायले विदेशी कम्पनी दर्ता गरी विदेशी लगानी मार्फत शेयर खरिद विक्री हुनु शंकास्पद रहेको अनेरास्ववियुको ठहर छ ।
विदेशी लगानीको निजी कम्पनीले सरकारमा रहेको दलहरू तथा उच्च पदस्थको सहयोग विना यस प्रकारको छली गर्ने दुस्साहस गर्न नसक्ने उसको ठहर छ । वर्तमान सरकार माफिया र कर्पोरेट मिसनरीहरूको चंगुलमा रहेको भन्दै अनेरास्ववियुले सरकारकै संरक्षणमा यस्ता गतिविधि भइरहेको बताए ।
विदेशी कम्पनीबाट गरिने राज्यविरुद्धका गतिविधिहरूप्रति सजग रहेर भण्डारफोरमा उत्रिने समेत सबैमा अनुरोध गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण