बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

'विधिको शासन ?’ बारे तोसिमाको प्रस्टीकरण : पार्टी फुट्दैन, कल्पना पनि नगर्नुहोस्

मङ्गलबार, १९ मङ्सिर २०८०, ०९ : २४
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् । कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन रु’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए । 

तर, कार्कीले यसबारे प्रस्टीकरण दिँदै उक्त प्रश्न ‘सरकार, मन्त्री र न्यायालयप्रति लक्षित रहेको स्पष्ट पारेकी हुन् । ‘विधिको शासन रु ए ए, सबैले आ-आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ ! विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायालयमै छैन !! निराश नहुनुस्,सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ,’ उनको भनाई छ ।

उनले लेखेकी छन्, ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन, हामी त्यसो हुनै दिँदैनन् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !! चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठुलो छाती ठुलो मुटु लिएर हिँड्या छौँ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप