सुन तस्करी जाँचबुझ आयोगले लिन थाल्यो प्रतिवादीहरूको बयान
काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो । आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएका छन् ।
मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागारमा थुनामा रहेकाहरूलाई आयोगका पदाधिकारीहरूले बोलाएर बयान लिएका हुन् । केन्द्रीय कारागारमा कार्यरत एक जना अधिकृतका अनुसार सोमबार सम्म १० जनालाई आयोगले बोलाएको छ ।
आयोगले मंगलबार राहुल महरासँग बयान लिँदै छ । बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न प्रतिवादी राहुल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् । जिल्ला अदालत काठमाडौँले असोज २६ मा राहुललाई थुनामा पठाउन आदेश गरेको हो ।
२०८० असोज १४ मा मन्त्रिपरिषद्ले डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण