समाचार
प्रदर्शनको तयारीपछि सिंहदरबार प्रवेशमा चेकजाँच कडाइ
मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ०२

काठमाडौँ । प्रहरीले सिंहदरबार प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ । दक्षिण गेटबाट सर्वसाधारण प्रवेश गर्छन् ।
सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुले बोक्ने झोला प्रहरीले चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ । असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा चेकजाँचमा कडाइ गरिएको सिंहदरबार सुरक्षा कार्यालयका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको छ । सिंहदरबार स्थित सुरक्षा गणमा डिएसपीको नेतृत्वमा प्रहरी कर्मचारीहरू कार्यरत छन् । अहिले सिंहदरबार भित्रको सुरक्षाको कमान्ड डिएसपी सन्तोष तामाङले समालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न