बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग

नवलपुरमा रेड बुल उद्योग उद्घाटन (फोटोफिचर)

मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : १८
मङ्गलबार, १९ मङ्सिर २०८०

नवलपुर । नवलपुरको अमरावतीमा रेड बुल उद्योग स्थापना भएको छ । उक्त उद्योगको अर्थ मन्त्री डा. प्रकाश शरण महतले मंगलबार एक कार्यक्रमबिच औपचारिक उद्घाटन गरेका हुन् । त्यसक्रममा अर्थमन्त्री महतले देशमा थुप्रै अवसर रहेपनि सदुपयोग गर्न नसकिएको बताए ।

redbull industry (11)

 उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले इन्धन खपत कम गरेर अर्थतन्त्रलाई सबल बनाउने काममा सरकार लागि रहेको दाबी गरे । ‘इन्धन आयत कम गर्न वैकल्पिक ऊर्जाको प्रयोग गरिन्छ, सरकारले त्यसको वातावरण बनाउँछ’,मन्त्री महतको भनाइ छ ।

redbull industry (2)

पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै निजी क्षेत्रलाई लगानी गर्ने र उत्पादन वृद्धि गर्ने योजना सरकारले बनाएको उनको भनाई छ । कृषि क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी नगदेवाली तथा पकेट क्षेत्रमा आधारित उद्यमलाई प्रोत्साहनतर्फ सरकारको ध्यान गएको भन्दै मन्त्री महतले लगानी वृद्धि गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको बताए । ‘बुटवल नारायणघाट सडक निर्माणको काम छिटो सक्न निर्माण कम्पनी र लगानी कर्तासँग निरन्तर छलफल भइरहेको छ । कम रकममा ठेक्का बिड गर्ने र विविध कारण देखाएर काम नगर्ने गर्दा निर्माण कार्य समयमा पूरा नगर्ने समस्या देखिएको छ त्यसको समाधान गर्न कानुन निर्माणको काम अघि बढाइएको छ’, महतको भनाइ छ ।

सरकारले आयातलाई प्रतिबन्ध लगाउँदा देशमा लगानी भित्रिएको दाबी गरेका मन्त्री महतले अन्तर्राष्ट्रिय स्तरको ब्राण्डको नेपालमा उद्योग स्थापनाले देशको अर्थतन्त्रसँगै स्थानीय तह र नागरिकहरूमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

redbull industry (9)

‘सरकारले उद्योग बन्द गर्‍यो चलाउन सकेन भन्ने विरोधका आवाज बारम्बार उठ्ने गरेको छ । सरकारले उद्योग चलाउने होइन, प्रतिस्पर्धा र गुणस्तरको सुनिश्चितता गर्ने हो । उद्योग निजी क्षेत्रले चलाउने हो’, मन्त्री महतले भने, ‘निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिएर लगानी वृद्धि गर्ने र राजस्व सङ्कलन गरी दीर्घकालीन विकासका योजनामा खर्च गर्ने काम सरकारको हो ।’

redbull industry (13)

कार्यक्रममा टीपीसी थाइल्यान्डका सीईओ कुङ सरवोत योविध्याया, बागामती प्रदेश सभा सदस्य माया श्रेष्ठ, सरस वेभरेजका सिइको पवन जगतिया, अर्थ मन्त्रालयका सचिव मुकुन्द निरौलाको उपस्थित रहेको थियो ।

कम्पनीले जर्मन स्विस टेक्नोलोजीको प्रयोगबाट पूर्ण स्वचालित सिस्टम जडित उद्योग भएको जानकारी दिएको छ । सोलार पावरबाट विद्युत् खपत कम हुने गरि उत्पादन गरिने पनि कम्पनीको भनाई छ ।

redbull industry (1)redbull industry (3)redbull industry (4)redbull industry (6)redbull industry (7)redbull industry (8)redbull industry (10)redbull industry (12)redbull industry (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप