शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका १४ जना काठमाडौँबाट पक्राउ

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : २०
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ ।  काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन् । 

टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२  घर भएका  ५५ वर्षीय अच्युत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी, काठमाडौँ महानगरपालिका-३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप