शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि...

मङ्गलबार, १९ मङ्सिर २०८०, १४ : ४२
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको ५०१ नम्बरकाे एटीआर ७२ जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र  कर्णले रातोपाटीलाई जानकारी दिए । 

बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक थियो । आवश्यक भिजिबिलिटी राम्रो थियो । तर, जब जहाज उड्यो तब उताको मौसम बिग्रियो । कम भिजिबिलिटीका कारण जहाज ल्यान्ड गर्न नसकेर काठमाडौँ फर्किएको हो’ उनले रातोपाटीसँग भने । 

जहाजमा प्रधानमन्त्री प्रचण्डसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप