प्रधानमन्त्री चढेको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि...
काठमाडौँ । मंगलबार बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौँ फर्किएको छ । बुद्ध एयरको ५०१ नम्बरकाे एटीआर ७२ जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत उक्त फ्लाइटमा रहेका थिए । बिहान ७ः४५ बजे काठमाडौँबाट उडेको जहाज जनकपुर विमानस्थलको भिजिबिलिटीका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ फर्किएको बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले रातोपाटीलाई जानकारी दिए ।
बिहान जहाज उड्ने बेलामा जनकपुरको मौसम ठिक थियो । आवश्यक भिजिबिलिटी राम्रो थियो । तर, जब जहाज उड्यो तब उताको मौसम बिग्रियो । कम भिजिबिलिटीका कारण जहाज ल्यान्ड गर्न नसकेर काठमाडौँ फर्किएको हो’ उनले रातोपाटीसँग भने ।
जहाजमा प्रधानमन्त्री प्रचण्डसहित ६५ जना यात्रु रहेका थिए । १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौँ फर्किएको जहाज १२ः४१ बजे पुनः जनकपुर उडेको थियो । सोही जहाजमा प्रधानमन्त्री जनकपुर गएको कर्णले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण