पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीले पुत्ला दहन गर्दै
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
नेकपाका नेता अनिल शर्मा विरहीले काठमाडौँ उपत्यका लगायत देशैभर एक साथ पुत्ला दहन हुने बताएका छन् । यस्तै पक्राउ पुर्जीविरुद्ध बुधवार ३ बजे तीन ठाउँमा पुत्ला दलहन गर्न लागिएको काठमाडौँ ब्युरो इन्चार्ज बल थापाले जानकारी दिए ।
‘दिउँसो ३ बजे न्यायाधीशविरुद्ध तीन ठाउँमा पुत्ला दहन गर्ने कार्यक्रम छ । ठाउँ यकिन भएको छैन । काठमाडौँ, ललितपुरमा पार्टीले र एक ठाउँमा विद्यार्थीले पुत्ला दहन कार्यक्रम राखिएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण