पक्राउ पुर्जीविरुद्ध विप्लवको पार्टीले पुत्ला दहन गर्दै

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
नेकपाका नेता अनिल शर्मा विरहीले काठमाडौँ उपत्यका लगायत देशैभर एक साथ पुत्ला दहन हुने बताएका छन् । यस्तै पक्राउ पुर्जीविरुद्ध बुधवार ३ बजे तीन ठाउँमा पुत्ला दलहन गर्न लागिएको काठमाडौँ ब्युरो इन्चार्ज बल थापाले जानकारी दिए ।
‘दिउँसो ३ बजे न्यायाधीशविरुद्ध तीन ठाउँमा पुत्ला दहन गर्ने कार्यक्रम छ । ठाउँ यकिन भएको छैन । काठमाडौँ, ललितपुरमा पार्टीले र एक ठाउँमा विद्यार्थीले पुत्ला दहन कार्यक्रम राखिएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर
-
नयाँ शहर निर्माण आयोजनमा ८ अर्ब ३० करोड खर्च, के–के भए काम ?
-
सोलुखुम्बुमा भूकम्पको धक्का
-
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
-
सैनिक कल्याणकारी कोषको रकम हिनामिना प्रकरण : पूर्वमेजरविरुद्ध पनि डिफ्युजन नोटिस जारी गर्न पत्राचार
-
स्थानीय सेवा ऐन छिट्टै जारी गर्न धनगढी उपमहानगरको प्रदेश सरकारलाई आग्रह