शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुमा पैसा थुप्रिएपछि थप १० अर्ब तान्दै राष्ट्र बैंक

बुधबार, २० मङ्सिर २०८०, १३ : २१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत थप पैसा तान्ने भएको छ । केन्द्रीय बैङ्कले ७ दिनका लागि निक्षेप सङ्कलन औजारमार्फत १० अर्ब रुपैयाँ तान्ने भएको हो । 

 बैङ्कले २०८० मङ्सिर २० गते अपराह्न २ बजे अनलाइन विडिङमार्फत १० अर्ब रुपैयाँ निक्षेप लिने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र आवेदन दिन सक्नेछन् । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप सङ्कलनको बोलकबोल २०८० मङ्सिर २० गते हुनेछ भने उक्त निक्षेप सङ्कलनको निष्कासन समेत सोही दिन हुने केन्द्रीय बैङ्कले जनाएको छ । 

बैङ्कका अनुसार २० गते निष्कासन हुने निक्षेप सङ्कलनको साँवा ब्याज भुक्तानी २०८० मङ्सिर २७ गते हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप